Tuesday, March 22, 2011

Third International Conference on “Nepalese Diaspora: Hostland Challenges and Homeland Interests”

Click here for the news link on Kantipur Online
नेपाली विद्यार्थीद्वारा अमेरिकामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना | अमेरिका | प्रवास | ekantipur.com
 
न्यु मेक्सिको - गत सनिबार मार्च १९, २०११ को दिन अमेरिकाको न्यु मेक्सिको राज्य स्थित न्यु मेक्सिको स्टेट युनिभर्सिटीका नेपाली विद्यार्थीहरुको संस्था नेसा एनएमएसयु (NeSA-NMSU) ले “प्रवासी नेपाली: प्रवासका चुनौतीहरु तथा मातृभूमिको चासो” (Nepalese Diaspora: Hostland Challenges and Homeland Interest) शीर्षकमा तेश्रो अन्तरराष्ट्रिय कन्फेरेन्स नेपाली तथा अमेरिकी लगायत अन्य विदेशी विद्यार्थीहरुबिचको उल्लेख्य सहभागिताका साथ सफलतापुर्वक सम्पन्न गरेकोछ| नेसा द्वारा यस अघि सन् २००९ र २०१० आयोजित दुई सफल कार्यक्रमपछिको यो तेस्रो अन्तरास्ट्रिय कन्फेरेन्स हो| उक्त कार्यक्रममा अमेरिकाका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा हासिल गरिरहेका नेपाली तथा अमेरिकी विद्यार्थी तथा विज्ञहरुद्वारा विविद बिषयहरुमा अनुसन्धानमुलक सामग्रीहरु प्रस्तुत गरिएको थियो|


उक्त कार्यक्रमको सुरुवातमा संस्थाका सभापति तुलसी पौडेलले स्वागत मन्तब्य दिनुभएको थियो भने युनिभर्सिटी अफ न्यु मेक्सिकोका प्रोफेसर तथा नेपाल स्टडी सेन्टरका सस्थापक तथा “प्रवासी नेपाली समुदाय” का विज्ञ डा. आलोक बोहराको संदेश नेसाका उपसभापति डिल्लीराज पौडेलले पढेर सुनाउनु भएको थियो| संस्थाका सल्लाहकार न्यु मेक्सिको स्टेट युनिभर्सिटीका प्रोफेसर डा. राम आचार्यले यस्ता कार्यक्रमले प्रवासी नेपाली समुदायको शैक्षीक उत्थान गर्दै नेपाल तथा नेपालीको बृहत्तर विकाशमा विशेष योगदान दिन सक्ने कुरा बताउनु भएको थियो| त्यसै गरी कार्यक्रमका प्रमुख वक्ता टरान्ट काउन्टी कलेज, टेक्सासका अनुसन्धानकर्ता डा. अर्जुन बन्जाडेले नेपाली सामुदायिक रेडियोको अवस्था र भूमिकासँग सम्बन्धित आफ्नो अनुसन्धानका अनुभवहरु प्रस्तुत गर्नुभएको थियो|

दुई सत्रमा आयोजना गरिएको सो कार्यक्रमको पहिलो सत्रमा अमेरिकी विश्वविद्यालयहरुमा अनुसन्धान भइरहेका विभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुत गरिएको थियो भने दोश्रो सत्रमा नेपालको शिक्षा, स्वास्थ्य, अर्थ-ब्यवस्था, जनजाति, बिधुत र विज्ञान तथा प्रविधिससँग सम्बन्धित अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत गरिएका थिए| पहिले सत्रमा गणित शास्त्रका साभिक मिल्लोस, नर्सिंगकी संगीता थपलिया, भौतिक शास्त्रका चुर्ण भण्डारी र मंजिता श्रेष्ठ, इलेक्ट्रिकल इन्जिनीरिंगका ओम प्रसाद दाहाल, र बायो-केमिस्ट्रीका सन्तोष दुलालले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो| दोस्रो सत्रमा मालती चौधरीले नेपालमा बायु उर्जाको सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने रमेश पोखेरलले नेपालमा जात तथा जातियताको संरचना सम्बन्धि सोधपत्र प्रस्तुत गर्नु भयो| त्यसैगरी दधिराम अधिकारीले नेपालको विकाशमा वैदेशिक ब्यापारको भूमिकामा, राजेन्द्र पन्थीले अमेरिकी विश्वविद्यालयमा प्रवासी विद्यार्थीहरुको शैक्षिक चुनौती सम्बन्धी तथा देशराज संयोकले अमेरिकामा प्रवासी नेपालीहरुको वर्तमान अवस्थाको बारेमा आआफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो| सो कार्यक्रमको बिधिबत समापन कार्यक्रमका संयोजक सुरेश गौतमको धन्यबाद मन्तब्यसँगै भएको थियो|

फोटो १. सन्तोष दुलाल (बायो-केमिस्ट्री)

फोटो २.  ओम प्रसाद दाहाल (इलेक्ट्रिकल इन्जिनीरिंग)
फोटो ३. मंजिता श्रेष्ठ (भौतिक शास्त्र)

फोटो ४. मालती चौधरी: नेपालमा बायु उर्जाको सम्भाव्यता (इलेक्ट्रिकल इन्जिनीरिंग)

फोटो ५. दधिराम अधिकारी: नेपालको विकाशमा वैदेशिक ब्यापारको भूमिका (अर्थसास्त्र)

फोटो ६. रमेश पोखेरल: नेपालमा जात तथा जातियताको संरचना

फोटो ७. देशराज संयोक: अमेरिकामा प्रवासी नेपालीहरुको वर्तमान अवस्था
फोटो ८. डा. अर्जुन बन्जाडे: नेपाली सामुदायिक रेडियोको अवस्था र भूमिका
फोटो ९. कार्यक्रमको झलक

फोटो १०. सामुहिक तस्बिर




No comments :

Post a Comment