कार्यक्रमका गैर आवासीय नेपाली संघका संरक्षक डाक्टर अम्बिका प्रसाद अधिकारीले राष्ट्र बिकासमा डायोस्पोराहरुले गरेको योगदानको चर्चा गर्दै नयाँ नेपाल निर्माणमा डायोस्पोराको भूमिका महत्वपूर्ण हुने कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा अमेरिकी विश्वविद्यालयहरुमा अनुसन्धान भइरहेका विभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुत गरिएको थियो भने दोश्रो सत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सडक, धर्म, अर्थब्यवस्था, र विज्ञान तथा प्रविधिससँग सम्बन्धित अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।
पहिलो चरणको कार्यक्रममा अनुशन्धानकर्ताहरु क्रमस: संजय पराजुली, भ्यालेरी होल्गुईन(मेक्सिको), सर्बेश दिप ढकाल, बिष्णु हरि ढकाल, झेन्ग वीई (चाइना) र ऋषि सापकोटाले आ-आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा युनिभर्सिटी अफ न्यु मेक्सिकोका अर्थशास्त्र का प्राध्यापक डाक्टर डोलेश्वर भण्डारी ले खुसि हुनु किन अर्थपूर्ण हुन्छ भन्ने कार्यपत्र प्रस्तुत गरेका थिए भने टेक्सास ए एंड एमका प्राध्यापक डा. मेघनाथ पराजुलीले नेपालमा कृषि अनुसन्धानमा भएका प्रगति र चुनौतीहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी देशराज संयोकले नेपालमा भ्रस्टाचार सम्बन्धि, प्रदिप अर्याल ले धर्म सम्बन्धि, रोशनी राजबंशी ले कालाजर सम्बन्धि, गौरव थापाले बढ्दो सहरिकरणले सृजना गरेका समस्या र विकृतिहरुको बारेमा आ-आफ्नो कार्यपत्र प्रस्तुत गरे।
नेपाली तथा अमेरिकी र अन्य विदेशी विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमको सुरुवातमा न्यु मेक्सिको स्टेट युनिभर्सिटीका डिन डाक्टर लूई रेएसले विश्व एउटा समुदाय जस्तो भएको परिपेक्षमा डायोस्पोरा हरु प्रतिभा पलायन नभएर प्रतिभा संचारका संवाहकको रुपमा बिकसित गर्नु जरुरी भएको कुरा अवगत गराउनु भयो भने सस्थाका सल्लाहकार प्रोफेसर डा. राम आचार्यले यस्ता कार्यक्रमले प्रवासी नेपाली समुदायको शैक्षीक उत्थान गर्दै जीवनमा सफल हुन अभिप्रेरित गर्ने बताए । संस्थाका सभापति ऋषि सापकोटाले अतिथिहरुलाई स्वागत मन्तव्यको क्रममा यस्ता कार्यक्रम ले सहभागीहरुको वृति बिकासमा सहयोग गर्ने बताए ।
बिहान ९ बजे देखि साँझ ५ बजे सम्म चलेको कार्यक्रम नेसा एकाडेमिक संयोजक दीपक बस्यालले संचालन गरेका थिए । नेपाली बिद्याथी समाजले गर्ने यो कार्यक्रम अमेरिकाका युनिभर्सिटीहरु मध्यका नै उत्कृष्ट मानिएको र आगामी बर्ष देखि अनलाईन टेलिकास्ट गरि नेपालका साथै विश्व भरिनै प्रसारणको व्यवस्था गर्ने उदेश्य राखेको संयोजक बस्यालले बताए । सो कुरामा न्यु मेक्सिको स्टेट युनिभर्सिटीका डिन डा. रेएसले पनि स्वागत तथा शुभकामना मन्तव्यका क्रममा जोड दिएका थिए ।
कार्यक्रमको झलकहरु:
![](https://scontent-a.xx.fbcdn.net/hphotos-frc1/t31.0-8/p600x600/10014944_468237903303266_1371263914_o.jpg)
![](https://scontent-b.xx.fbcdn.net/hphotos-frc3/t1.0-9/1948143_468236069970116_2102641155_n.jpg)
![](https://scontent-a.xx.fbcdn.net/hphotos-ash3/t31.0-8/p600x600/1932520_468236013303455_1149154622_o.jpg)
![](https://scontent-b.xx.fbcdn.net/hphotos-ash3/t1.0-9/10154978_468236123303444_2025124831_n.jpg)
![](https://scontent-a.xx.fbcdn.net/hphotos-prn1/t31.0-8/p600x600/1926268_468237733303283_335236632_o.jpg)
![](https://scontent-b.xx.fbcdn.net/hphotos-ash3/t31.0-8/p600x600/1912453_468237149970008_1555638543_o.jpg)
![](https://scontent-b.xx.fbcdn.net/hphotos-prn2/t31.0-8/p600x600/1980380_468237016636688_1430340007_o.jpg)
![](https://fbcdn-sphotos-d-a.akamaihd.net/hphotos-ak-ash3/t31.0-8/p600x600/1932723_468236903303366_849399298_o.jpg)
![](https://scontent-b.xx.fbcdn.net/hphotos-prn2/t31.0-8/p600x600/1939709_467292353397821_1470841861_o.jpg)
![](https://scontent-a.xx.fbcdn.net/hphotos-ash3/t31.0-8/p600x600/1149694_468236846636705_5225555_o.jpg)