Tuesday, November 19, 2013

ग्रेजुएट सिनेटरमा नेपाली विद्यार्थी दीपक बस्याल विजयी

न्यु मेक्सिको स्टेट, अमेरिका| अमेरिकाको न्यु मेक्सिको स्टेट युनिभर्सिटीको प्रतिष्ठित ग्राजुएट सिनेटमा दीपक बस्याल अत्यधिक बहुमतका साथ बिजयी भएका छन| अमेरिकी विश्वबिद्यालयको यस्तो प्रतिष्ठित पदमा भारि मतले नेपाली निर्वाचित भएको सायद यो नै पहिलो पटक हो| नवलपरासीको अरुणखोला मूल घर भएका बस्याल हाल गणित शिक्षामा विद्यावारिधि (पी.एच.डि.) गर्दै छन| अनलाइन भोटिंग मार्फत एक हप्ता सम्म चलेको निर्वाचनको नतिजा सनिबार बिहान निर्वाचन कमिटीले प्रकाशित गरेको हो| बस्याल ला निर्वाचित गराउन स्थानीय अमेरिकी, भारतीय, श्रीलंकन, बंगलादेशी र अरेबिक साथै अन्य मुलुकका बिद्यार्थीहरुले ठुलो सहयोग गरेका थिए|
नतिजा पछि ट्वीट गर्दै बस्याल ले भनेका छन "सामुहिक प्रयासको फल सधै सफल हुन्छ भन्ने कुराको उदाहरण यो बिजयले फेरी एक पटक प्रमाणित गरेको छ| सिनेटमा सिकेका उपयोगी अनुभव नेपाली माटोमा प्रयोग गर्न सके यो बिजय सहि अर्थमा सार्थक हुने थियो|" सिनेटरका रुपमा २०१४ को जनवरी देखि बस्याल विभिन्न कमिटिहरुमा रही बिश्वबिध्यालयको अध्यन र अनुसन्धानका सहजीकरणका लागि भूमिका खेल्ने छन| करिबन नेपाली रुपिया एक करोड ३० लाख को बजेट हुने सिनेटमा प्रत्येक सिनेटर को सक्रिय भूमिका रहने हुदा बिश्वबिध्यालयका नेपाली बिध्यार्थीहरुले अध्यन, अनुसन्धान भ्रमणको लागि आवश्यक पर्ने बजेट निकाशा गराउन अब बढी सहजीकरण हुने बिश्वास गरिएको छ|
२०६१ मा नेपाल बिध्यार्थी गणित समाजका अध्यक्ष रहेका बस्याल अमेरिकामा रहेको नेपाली गणित शास्त्रीहरुको संगठन ' एसोसियसन अफ नेप्लिज म्याथम्यटीसियन इन अमेरिका' का सस्थापक र वर्तमान उपाध्यक्ष समेत हुन| सन् २०११ तिर नेपालमै पहिलो पटक लाखौ पर्ने अत्याधुनिक ग्रफिंङ्ग क्यालकुलेटरहरु पनि बस्यालकै अनुरोधमा अमेरिकी कम्पनि टेक्सास इन्स्ट्रुमेन्टले डोनेट गरेको थियो भने २०११ को मे महिनामा काठमाडौँ र चितवनमा प्लस टु का गणित शिक्षकहरु लाइ प्रबिधि मार्फत गणित पढाउन प्रशिक्षण दिन बस्याल कै नेतृत्वमा अमेरिकी प्राध्यापकहरुको एक टोलि नेपाल आएको थियो|

2 comments :

  1. २०११ को मे महिनामा American प्राध्यापकहरु ta Nepal gayeko hoina hola, ma pani thiye tayo traning ma ta tara khoi maile American Professors ta dekhina ta, Nepali Graduate Students America bata gayeko hola,hoina ra?

    ReplyDelete
    Replies
    1. उक्त टोलीमा ग्रेजुएट बिद्यार्थीका साथै अमेरिकामा प्राध्यापन गरिरहनु भएका प्राध्यापक पनि संलग्न रहनु भएको जानकारी प्राप्त भएको छ|

      Delete