Tuesday, July 14, 2009

मेरो प्रतीक्रिया: विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

आज दिउसो साथीहरु संग यसै बिषयमा हल्का कुराकानी पनि भयो। माई संसारको लेखअनि कमेन्टहरु पनि पढे। तर दु:ख लाग्दो कुरा हामी धेरै नेपालीहरु, यसमापनि शिछित बर्गमा, अझैपनि छुवाछुत जस्तो रुडीवादी सोचाइबाट ग्रसितमानसिकताले जरा गाडेको पाए। शिछित बर्गमा पनि माथिल्लो जात भन्ने सन्कुचितभावना अझै बिधमान रहेको महशुस गरे। पाक्कै पनी सामाजिक सुधार आन्दोलनमा योसानो आर्थिक सहयोग पर्याप्त नहोला तर पनि यसले दलित केटा वा केटि अथवाविधुवासंग बिवहा गरेको निहुमा घर र सामाज बाट तिरस्कृत हुनुपेको नबबिवाहित दम्पतिका लागि एउटा जीवन सुरु गर्ने आशा बन्न सक्छ। 

सम्पन्न नेपाल अनि सभ्य नेपाली समाज निर्माण गर्न छुवाछुत जस्तो रुडीवादीसंस्कारको अन्त्य हुनै पर्छ। यस कुरामा कसैको पनि दुई मत नहोला।निश्चयपनि, वर्तमान समस्याको दिर्घकालिन निधानको लागी नेपालीको सामाजिकचेतनाको स्तर उकास्ने काम अनि दलितहरुको शैछिक स्तर तथा शिप अभिबृद्दीसाथै विधुवाहरुकोलागि सीप आर्जन र रोजगारीको अवसर आदी विषयहरुमा योजनाबनाई कार्यन्वयन गरिनु पर्छ। साथसाथै, छुवाछुत प्रर्थालाई बडुवा दिने रविधुवा विवाहलाई हतोत्साह गरिने बिरुद्द कडा कानुन को निर्माणगरी कडाइकासाथ लागू गरिनु पर्छ। 


मलाई लग्छ, अन्तर जातिय विवाह, विशेसत दलितसंगको विवाह साथै विधुवासंगविवाह गर्नेहरु सामाजिक कुरिती बिरद्द जुद्दने नायक नायिका हुन। उनीहरुकोसम्मान अनी संरक्ष्यण गरिनु पर्छ। जसरी असल विधार्थी तथा चुनैतिपुणअनुशन्धानकर्तालाई स्कलरशिप या रिसर्च ग्रान्टले सहयोग गर्छ, त्यसैगरी यसप्रकारको आर्थिक सहयोगले ति दम्पतिहरुलाई नया जिवन जीउन सहयोग गर्नेछ। वर्षौ देखि अपहेलनाको जातोमा पिसिदै आएको पिडा, अन्तर जातिय विवाह गरेरतिरस्कृत हुनुपेको वेदना, जनयुद्ध या अन्य कारणले बेलैमा सिन्धुर पुछिएकाचेलीहरुको वेदनामय धरातलमा उभिएर हामी सबैले एक चोटी सोचने हो की!!!!!


No comments :

Post a Comment