Wednesday, July 9, 2014

Photoblog: Rock Blasting Mini Project 2012 Spring

Concrete Bock:
Block dimension: 24"x24"x18"
Horizontal bedding plane on every 6.0"
Excavation face: 2.5", 7", 9"
Hole: diameter= 0.5" depth=6.0"
Pre-splitting spacing s=1.5"
Production line spacing s=3.0"
Explosive type: Nitrocellulose powder
















Hurrah: Not that perfect but still great!!! 

Sunday, March 30, 2014

न्युमेक्सिकोमा विकासमा डायोस्पोराहरुको अवसर सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन

दिपक बस्याल, न्यु मेक्सिको । अमेरिकाको न्युमेक्सिको राज्यस्थित न्युमेक्सिको स्टेट युनिभर्सिटीका नेपाली विद्यार्थीहरुको संस्था नेसा एनएमएसयुले राष्ट्र बिकासमा डायोस्पोराहरुको अवसर तथा चुनौती’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सफलताका साथ सम्पन्न गरेको छ| न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा शनिवार भएको कार्यक्रममा अमेरिकाका विभिन्न विश्वविद्यालयहरुमा अध्यापन र अनुसन्धान गराउँदै आएका नेपाली प्राध्यापकहरु साथै उच्च शिक्षा हासिल गरिरहेका नेपाली तथा बिदेशी विद्यार्थी एवं विज्ञहरुले विभिन्न अनुसन्धानमुलक सामग्रीहरु प्रस्तुत गरेका थिए । 
कार्यक्रमका गैर आवासीय नेपाली संघका संरक्षक डाक्टर अम्बिका प्रसाद अधिकारीले राष्ट्र बिकासमा डायोस्पोराहरुले गरेको योगदानको चर्चा गर्दै नयाँ नेपाल निर्माणमा डायोस्पोराको भूमिका महत्वपूर्ण हुने कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा अमेरिकी विश्वविद्यालयहरुमा अनुसन्धान भइरहेका विभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुत गरिएको थियो भने दोश्रो सत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सडक, धर्म, अर्थब्यवस्था, र विज्ञान तथा प्रविधिससँग सम्बन्धित अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । 
पहिलो चरणको कार्यक्रममा अनुशन्धानकर्ताहरु क्रमस: संजय पराजुली, भ्यालेरी होल्गुईन(मेक्सिको), सर्बेश दिप ढकाल, बिष्णु हरि ढकाल, झेन्ग वीई (चाइना) र ऋषि सापकोटाले आ-आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा युनिभर्सिटी अफ न्यु मेक्सिकोका अर्थशास्त्र का प्राध्यापक डाक्टर डोलेश्वर भण्डारी ले खुसि हुनु किन अर्थपूर्ण हुन्छ भन्ने कार्यपत्र प्रस्तुत गरेका थिए भने टेक्सास ए एंड एमका प्राध्यापक डा. मेघनाथ पराजुलीले नेपालमा कृषि अनुसन्धानमा भएका प्रगति र चुनौतीहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी देशराज संयोकले नेपालमा भ्रस्टाचार सम्बन्धि, प्रदिप अर्याल ले धर्म सम्बन्धि, रोशनी राजबंशी ले कालाजर सम्बन्धि, गौरव थापाले बढ्दो सहरिकरणले सृजना गरेका समस्या र विकृतिहरुको बारेमा आ-आफ्नो कार्यपत्र प्रस्तुत गरे। 
नेपाली तथा अमेरिकी र अन्य विदेशी विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमको सुरुवातमा न्यु मेक्सिको स्टेट युनिभर्सिटीका डिन डाक्टर लूई रेएसले विश्व एउटा समुदाय जस्तो भएको परिपेक्षमा डायोस्पोरा हरु प्रतिभा पलायन नभएर प्रतिभा संचारका संवाहकको रुपमा बिकसित गर्नु जरुरी भएको कुरा अवगत गराउनु भयो भने सस्थाका सल्लाहकार प्रोफेसर डा. राम आचार्यले यस्ता कार्यक्रमले प्रवासी नेपाली समुदायको शैक्षीक उत्थान गर्दै जीवनमा सफल हुन अभिप्रेरित गर्ने बताए । संस्थाका सभापति ऋषि सापकोटाले अतिथिहरुलाई स्वागत मन्तव्यको क्रममा यस्ता कार्यक्रम ले सहभागीहरुको वृति बिकासमा सहयोग गर्ने बताए । 
बिहान ९ बजे देखि साँझ ५ बजे सम्म चलेको कार्यक्रम नेसा एकाडेमिक संयोजक दीपक बस्यालले संचालन गरेका थिए । नेपाली बिद्याथी समाजले गर्ने यो कार्यक्रम अमेरिकाका युनिभर्सिटीहरु मध्यका नै उत्कृष्ट मानिएको र आगामी बर्ष देखि अनलाईन टेलिकास्ट गरि नेपालका साथै विश्व भरिनै प्रसारणको व्यवस्था गर्ने उदेश्य राखेको संयोजक बस्यालले बताए । सो कुरामा न्यु मेक्सिको स्टेट युनिभर्सिटीका डिन डा. रेएसले पनि स्वागत तथा शुभकामना मन्तव्यका क्रममा जोड दिएका थिए ।

कार्यक्रमको झलकहरु: 






















Monday, March 24, 2014

Nepalese Student Association at New Mexico State University Host an international Diaspora Conference

The Nepalese Student Association at New Mexico State University (NeSA-NMSU) held its sixth annual international conference entitled ‘National Development: Opportunities and challenges for the Diaspora’ on March 22, 2014 at NMSU, New Mexico, USA.

The conference focused on the opportunities and challenges of the Diasporas community in the development of the native countries of each Diaspora group. The conference aimed to facilitate the discourse to promote the progress of both homeland and host land by identifying the better ways to engage, enable and empower the diaspora community for the betterment of the nation.

In his welcome address, conference coordinator, Deepak Basyal, said that there was a need of such conference to provide a less intimidating forum for all international graduate students to present and promote their research work and to connect their works with the issues of the native lands too. Advisor of NeSA, Dr. Ram Acharya said, such programs play a catalytic role in the attainment of the success of the international community.

The Interim Dean of the Graduate School of the New Mexico State University, Dr. Loui Reyes talked about his future plan of collaborating with the universities in the foreign countries to promote better education and lifelong learning of the students of both the USA and the partner  countries. He emphasized the need and importance of such international conferences to promote awareness of the international community in the US universities..

The presentations made during the conference included investigations of the scholars from six different universities: New Mexico State University, University of Texas at El Paso, University of New Mexico, Texas Tech University, Texas A&M University, and Arizona State University.

Dr. Doleshwor  Bhandari, a professor from the department of economics of the University of New Mexico presented his interesting research on ‘Why Happiness matters?’ Dr. Megha N Parajuli, a professor from department of Agriculture of the Texas A&M University presented his work: the opportunities and challenges of the agricultural research in Nepal.

The keynote speaker Dr. Ambika P. Adhikari, senior sustainability scientist and research program manager from the Arizona State University presented on opportunities and challenges of the Diaspora around the globe. Dr. Adhikari is one of the active members advocating for the Open University in Nepal, and a patron of the NRNA (Non-Resident Nepalis Association), representing the global Nepali Diaspora. He provided an overview  of major Diaspora activities in the world, and gave a detailed analysis of the Nepali Diaspora efforts to support development in Nepal. He stated that Diaspora resources have been under-utilized by both the native countries and host nations, and that both can benefit greatly by mobilizing the Diaspora’s advantages.

The conference touched on the opportunities and obstacles the Diasporas are facing with academic and professional life in a foreign land and the challenges of collaboration with the stakeholders of the country of origin. In addition to that, the conference discussed on how the outcomes of such endeavors and hard work need to be integrated and fine-tuned so that novel strategies can be implemented for the development of the nation.

The conference was attended by about 60 individuals representing  scholars, educators, practitioners and other stakeholders from various parts of the USA represented several youth, professionals and other organizations of Diasporas in America. Moderating the conference, coordinator of the program, Deepak Basyal said, NeSA NMSU will continue organizing such program. NeSA president Rishi Sapkota, summarized the program and extended the vote of thanks to all those who helped.


Tuesday, March 11, 2014

Bill Gates: How to Fix Capitalism

TIME Magazine editor Richard Stengel discusses creative capitalism with Microsoft founder and philanthropist Bill Gates.



Making Capitalism More Creative

Capitalism has improved the lives of billions of people — something that's easy to forget at a time of great economic uncertainty. But it has left out billions more. They have great needs, but they can't express those needs in ways that matter to markets. So they are stuck in poverty, suffer from preventable diseases and never have a chance to make the most of their lives. Governments and nonprofit groups have an irreplaceable role in helping them, but it will take too long if they try to do it alone. It is mainly corporations that have the skills to make...

Read more: Making Capitalism More Creative 

Monday, March 3, 2014

एनआरएन अमेरिकाको अध्यक्षमा खगेन्द्र जीसीको उम्मेदवारी

निकट भविष्यमा हुने गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्ष पदमा न्यूयोर्कमा रहनु भएका कानुन व्यवसायी खगेन्द्र जीसीले आफ्नो औपचारिक उम्मेद्वारीको घोषणा गर्नु भएको छ| जीसी अमेरिकाको नेपाली समुदायमा स्थापित र नेपाली समुदायको पहिलो अध्यागमन वकिल पनि हुनुहुन्छ | नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक र गत संविधान सभा निर्वाचनमा कांग्रेस पार्टीका लागि अमेरिकाबाट आर्थिक संकलन गर्न पार्टीले गठन गरेको निर्वाचन कोष निर्माण समिति, अमेरिकाका संयोजक समेत रहनु भएका जीसी विगत तीस वर्षदेखि अमेरिकाको नेपाली समुदायमा निरन्तर सक्रिय हुनहुन्छ | क्षेत्रीले आफू अध्यक्ष पदमा निर्वाचित भएमा कुनै राजनीतिक दलको कुनै पदमा नरहने घोषणा गर्दै भन्नुभयो –“एनआरएनलाई राजनीतिमुक्त बनाउनका लागि एनआरएन भित्र कुनै राजनीतिक धारणा घुसाइनेछैन । व्यक्तिगत आस्था रहेपनि राजनीतिक दलसँग पदीय आवद्धता रहनेछैन । ”