न्यु मेक्सिको - अमेरिकाको दक्षिण-पश्चिम भेगमा अवस्थित न्यु मेक्सिको राज्यमा पर्ने सानो शहर लास क्रुसेसमा नेपालीहरुले बडा दशैँको अवसरमा शनिबार रमाइलो संस्कृतिक कार्यक्रम आयोजना गरेको छ| नेपाली स्टुडेन्ट एसोसिएसन न्यु मेक्सिको स्टेट युनिवेर्सिटी (नेसा) द्वारा आयोजित उक्त कार्यक्रममा लास क्रुसेस तथा एल पासो, टेक्सास निवासी सम्पूर्ण नेपालीहरु सहभागी भई मातृभूमिबाट टाडा रहनु परेपनि शुभकामना आदान प्रदान गर्दै दशैंको मनोरंजन लिएका थिए| उक्त कार्यक्रमको सुरुवात नेपाली राष्ट्रियगानबाट भई संस्कृतिक कार्यक्रम हुदै खुल्ला नृत्यमा आएर अन्त्य भएको थियो| कलाकारहरु कृतिका सुबेदी, प्रमिला सुबेदी, मेनका कार्की, अनिल केसी, देश राज संयोकद्वारा एकल तथा युगल नेपाली नृत्यहरु प्रस्तुत भएको थियो| त्यसैगरी, सुजन भण्डारी र मेनका कार्कीद्वारा नेपाली गीत प्रस्तुत भएको थियो भने सन्तोष दुलालको गीत तथा मुक्तकले सबैलाई हर्षित बनेको थियो| उक्त साझ नेपाल तथा नेपाली सस्कृतिलाई माया गर्ने बिदेशीहरुको समेत सहभागिता रहेको थियो| नेसाका अध्यक्ष्य श्याम कट्टेलले सम्पूर्ण सहभागिहरुलाई स्वागत गर्नुका साथै दशैको सुभकामना दिनुभएको थियो भने दिपक बश्याल तथा गीता बस्ताकोटीले कार्यक्रम संचालन गर्नु भएको थियो|
Video: Nepali Dance by Desh Limbu & Anil KC (Kalakate Kaiyo)
No comments:
Post a Comment